१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १० मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकका विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १७:५५:oo

नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरका विद्यार्थी स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण गर्न सफल भएका छन्। सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा जारी अभिभावक दिवसको उपलक्ष्यमा उनीहरूले आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण तथा जडान गरेका छन्।

उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरूले पनि चलाएर सजिलै काम गरेका छन्। कलेजबाट दीक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्ययनरत विद्यार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक संस्थामा आबद्ध विद्यार्थीहरू सेवन्त केसी र विजय श्रेष्ठको समूहले यो सफलता हासिल गरेको हो।

विद्यार्थीका अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्दछ। साथै, एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित पर्दाको मध्यभागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्छ। रिमोटको विभिन्न तीनवटा बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने विद्यार्थीले जनाए।
 
४८ फिट लम्बाइ रहेको उक्त पर्दा तथा प्रोजेक्टरलाई एउटै रिमोटले बढीमा ७० मिटर टाढाबाट सञ्चालन गर्न सकिने विद्यार्थीले बताए। विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेका विद्यार्थीहरूले अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको प्रमाणित गरिदिएका छन्। कुनै पनि संघसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा उपलब्ध गराउन सकिने विद्यार्थीहरूले जानकारी दिएका छन्।