Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण ९ सोमबार १९:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको सानदार जित 

Read Time : < 1 मिनेट
२०७९ श्रावण ९ सोमबार १९:२३:००

भारतमा सोमबारबाट सुरु भएको साफ यू–२० च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै सुखद् सुरुवात गरेको हो । 

खेलको सुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांश समय बलमा पकड जमाए पनि ४२औँ मिनेटमा मात्र सुरुवाती अग्रता लिएको थियो । नेपालका दीपेश गुरुङले ४२औँ मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । 

पहिलो हाफको अग्रतासँगै उच्च मनोबलका साथ खेलेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ५८औँ मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरत्न छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए । ६२औँ मिनेटमा नेपालका कप्तान आयुष घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा  पुर्याएका थिए । यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो ।

सुरुवाती दुई संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।