मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Tuesday, 11 March, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ९ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं र धरानमा उदाएका युवाको भाषा बुझ्न जरुरी छ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १६:१३:oo

सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जिपिएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले युवाहरूको साइनररूपी संकेतको भाषा बुझ्न जरुरी रहेको बताए।

‘युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरू मात्रै देखा परेका छन्, काठमाडौं, धरानलगायतका ठाउँहरूमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ,’ सभामुख सापकोटाले भने।

नेपालजस्तो उर्वरभूमिमा दुई खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउँदै उनले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए। उनले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ। तर, गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौँ। जनै लाउँछौँ, तर नलगाउनेले चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ।’