Skip This
ऋण दिने नाममा ह्वाट्सएप र फेसबुकबाट ठगी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Saturday, 05 October, 2024
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा रहेको ब्लु स्काई बिजनेस सोलुसन प्रालिमा आइतबार छापा हान्दै प्रहरी । तस्बिर : नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o८:५२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ऋण दिने नाममा ह्वाट्सएप र फेसबुकबाट ठगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o८:५२:oo

रुपन्देहीमा एक भारतीय नागरिकले चलाएको कल सेन्टरले सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने, ऋण दिने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्दै आएको खुलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा ब्लु स्काई बिजनेस सोलुसन प्रालि नाममा कल सेन्टर खोली ठगी गरिएको हो । प्रहरीले सो सेन्टरमा आइतबार छापा हानेको छ । 

प्रहरीले छापा हान्ने क्रममा दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि कल सेन्टरका सञ्चालक र त्यसमा काम गर्ने अन्य नौजनालाई हिरासतमा राखी अन्यलाई नियन्त्रणमा लिएको छ । अन्य युवायुवतीलाई उनीहरूको मोबाइल जफत गरी हाजिर जमानीमा घर पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।  कल सेन्टरबाट अवैध गतिविधि गरेको गुनासो आएपछि कार्यालयमा छापा हानिएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । प्रहरीले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई विभिन्न एप्स म्यासेज पठाई ‘ट्र्याप’मा पारेको प्रमाण फेला पारेको एसपी रेग्मीले जानकारी दिए । 

पक्राउ परेका भारतीय नागरिक नै कल सेन्टरको लगानीकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने भारतीय नागरिक बिहार बोधगयाका २५ वर्षीय निरञ्जन कुमार हुन् । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्ना दुई मालिक रहेको र उनीहरू चिनियाँ नागरिक रहेको बताएका छन् । पक्राउ परेकाहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । 

प्रहरीका अनुसार जानकीनगरमा चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी कल सेन्टर चलाइएको थियो । अनुसन्धानका क्रममा त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले आइतबारबाटै पक्राउ परेकाहरूको बयान लिन थालेको छ ।

यस्तो छ ठगी धन्दा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानबाट कल सेन्टर सञ्चालकहरूले अनलाइन ऋण दिने गरी विभिन्न गतिविधि गरेको पाइएको छ । बैंकमा खाता खोल्दा जस्तै केवाइसी भराउने र ऋण दिने, ऋण प्रवाह गर्दा करिब ४० प्रतिशत कर तथा ब्याजका नाममा काट्ने र ठगी गर्ने गरेको पाइएको छ । 

रुपन्देहीबाट सञ्चालन गरिएको यस किसिमको गतिविधिमा पीडित हुनेहरू धेरैजसो भारतीय नागरिक छन् । केवाइसीमार्फत व्यक्तिगत सूचना हासिल गरेपछि उसलाई रकम भुक्तानीका लागि अनेक किसिमका दबाब बढाउने गरेको पाइएको प्रहरीको भनाइ छ । मिटरब्याजीजस्तै गरी रकम असुल गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिए पनि थप अनुसन्धानबाट थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो गिरोहमा को–को सहभागी छन् भन्ने अझै स्पष्ट खुलेको छैन । पक्राउ परेका भारतीय नागरिकले प्रारम्भिक बयानमा दुईजना चाइनिज नागरिकको समेत संलग्नता रहेको बताएका छन् । तर, ती को हुन् र लगानीकर्ता को–को हुन्, अहिलेसम्म कति ठगिए भन्ने खुल्न बाँकी छ ।

६ महिनादेखि सञ्चालनमा थियो कल सेन्टर
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार सो कलसेन्टर ६ महिनादेखि सञ्चालनमा रहेको पाइएको छ । कतै दर्ता पनि नगरिएको र बोर्डसमेत नराखी सञ्चालन गरिएको कलसेन्टरमा एक सय ७० जनाले रोजगारी पाएका छन् । यहाँ एसइई जाँच दिएकादेखि १२ कक्षा उत्तीर्ण गरेका धेरै किशोर–किशोरीले काम गरेको पाइएको छ । यहाँ काम गर्नेलाई सुरुमा एक साताको तालिम दिएको पाइएको छ । हिन्दी, चाइनिज र अंग्रेजी भाषा सिकाउने पाइएको डिएसपी केसीले जानकारी दिए ।