मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण ९ सोमबार o६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चीनमा एमबिबिएस पढेका कोभिड कालका प्रभावित नेपाली विद्यार्थीले स्वदेशमै इन्टर्नसिप गर्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o६:४२:oo

चीनमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका, तर कोभिडका कारण समस्यामा परेका विद्यार्थीले नेपालमै इन्टर्नसिपलगायतको कोर्स सम्पन्न गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा यो निर्णय गरेको हो । 

काउन्सिलले आइतबार स्वास्थ्य मन्त्रालयलाई चीनका विभिन्न विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा सहमति प्रदान गरेको पत्र पठाएको हो । काउन्सिलले उनीहरूका विषयमा चारबुँदे निर्णय गरेको छ ।

काउन्सिलको निर्णयअनुसार विद्यार्थीको अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने जनाइएको छ । यस्तै, एकवर्षे अनिवार्य इन्टर्नसिपअनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पूरा गर्नुपर्ने र इन्टर्नसिपभन्दा पहिलेको एकवर्षे अध्ययनको हकमा चारवटा प्रमुख विषय मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्नेमा निर्णय भएको जनाइएको छ । 

यसबाहेक चीनमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समयावधिबारे कुनै द्विविधा भए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि यकिन गरेर मात्र अध्ययन सुरु गर्ने निर्णय भएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।