१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसद पण्डितको प्रश्न– गठबन्धनको गाँठागुँठी नमिलेर चुनावको मिति घोषणा नगरेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:oo:oo

प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले निर्वाचन नगरी गठबन्धन टिकाउन मिति घोषणा नगरिएको आशंका व्यक्त गरे।

‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन्,’ उनले भने।

ad
ad