मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्छ, परीक्षा लिएर मात्र कृत्रिम नागरिकता दिनुपर्छ : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १४:५१:००

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने र जनतासँग समेत छलफल गर्नुपर्ने बताए।

‘नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन। सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ। र, यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ,’ उनले भने।

सांसद सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे परीक्षा उत्तीर्ण गरे मात्र नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताए। ‘नेपालको भूराजनीतिक अवस्थितिअनुसार नेपालीले विदेशीसँग विवाह गर्ने विषय निरुत्साहित गर्नुपर्दछ। नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको कृत्रिम नागरिकता मात्र दिन सक्ने व्यवस्था जरुरी छ,’ उनले भने

विदेशी महिलासँग नेपाली पुरुषले विवाह गर्नु चिन्ताकाे विषय नभए पनि नेपाली महिलाले विवाह गरेर विदेशी पुरुषलाई नेपाल ल्याए त्यसले असर गर्ने उनको धारणा छ। सुवालले भने, ‘विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेकोमा तुलनात्मक रूपमा त्यति असर नगरे पनि नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर ल्याएपछि त्यही व्यक्ति प्रधानमन्त्री हुने स्थिति छ। त्यसवेला शासक दलका नेताहरू प्रधानमन्त्री र मन्त्री हुन पाउने छैनन्।’