मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ श्रावण ६ शुक्रबार १४:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कार्ड प्रि–पेमेन्ट प्रवर्द्धन गर्न दराज र नेप्सबीच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १४:१o:oo

अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि–पेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ। दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुँयाल र नेप्सका सिइओ पविन्द्र राजभण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रि–पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।

‘नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनाेट गर्न प्रोत्साहित गर्न नेप्ससँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौँ,’ हस्ताक्षर कार्यक्रममा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुँयालले बताए।

ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्विच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंक र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ। ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेकआउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्ने दराजले जनाएको छ। संकलित भौचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुनेछ।