मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Tuesday, 17 December, 2024
आयुष घलान, कप्तान
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार o७:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–२० टोलीको कप्तानी आयुषले गर्ने

२५ जुलाईमा साफ यू–२० पुरुष च्याम्पियनसिप सुरु, नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार o७:५५:oo

आयुष घलानले भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपाली टोलीको कप्तान चयन गरेको हो ।घलानसँग सिनियर टोलीको अनुभव छ । नेपाली यू–२० टोलीमा सिनियर राष्ट्रिय टोली र ए डिभिजन अनुभव बटुलेका कृतिशरत्न छुन्जु, मनग्य नकर्मी, आशिष राईलगायत खेलाडी छन् । एन्फाले अन्तिम समयमा नेपाली टोलीभित्र रोहित सुब्बालाई समावेश गरेको छ ।

साफ च्याम्पियनसिपका लागि घोषणा भएको २३ सदस्यीय टिममा स्ट्राइकर दिपेश राई घाइते भएपछि सुब्बालाई समावेश गरेको एन्फाले जनाएको छ । यसअघि घोषित ३० सदस्यीय टोलीमा सुब्बा अटाएका थिएनन् । नेपाली यू–२० टोली र त्रिभुवन आर्मी फुटबल क्लबबीचको मैत्रीपूर्ण खेलमा राई घाइते भएका थिए । सो खेलमा आर्मी ३–० ले विजयी भएको थियो । 

आर्मीविरुद्धको खेलमा घाइते भएका राईको दायाँ खुट्टाको एंकल फ्याक्चर भएको छ । अहिले उनको उपचार बिएन्डबी अस्पतालमा भइरहेको छ । उनी तीन महिना मैदानबाहिर रहनेछन् । साफका लागि नेपाली टोली शुक्रबार भारतको भुवनेश्वर प्रस्थान गर्नेछ ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग २७ जुलाईमा, भारतसँग ३१ जुलाई र बंगलादेशविरुद्ध २ अगस्टमा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ ।

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
रक्षापंक्ति : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
स्ट्राइकर :  रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी