मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ५ बिहीबार १०:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३०  किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
२०७९ श्रावण ५ बिहीबार १०:२१:००

सशस्त्र प्रहरीले महोत्तरीमा ३० किलो गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा बिओपी जलेश्वर र बिओपी मरुवाहीका सशस्त्र प्रहरी निरीक्षकहरू क्रमशः बिर्खबहादुर शाही र सञ्वीवकुमार मगरदैतासहितको कमान्डमा रहेको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

गाँजा तस्करी हुने सूचना पाएपछि संयुक्त टोली मंगलबार राति नै जलेश्वर नगरपालिका– ७ अंकारस्थित तस्करी हुने सम्भावित स्थलमा लुकिछिपी ड्युटी गरिरहेका थिए । सोही अवस्थामा बुधबारको मध्यरात गाँजा बोकेका तीनजनाको समूहमा आएका अज्ञात व्यक्तिहरू सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भागेका थिए ।

तस्कर भाग्न सफल भए पनि उनीहरूसँग रहेको केही दस्ताबेज र तयारी गाँजा भने सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बरामद गाँजा र दस्ताबेजहरू आवश्यक कारबाही र अनुसन्धानका लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।