मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ५ बिहीबार o७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार o७:२४:oo

नुवाकोटको ककनी गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । गएराति पाँचमाने मन्दिर जाने बाटोनजिकै रहेको ठूलो ढुंगा खसेर बाटो अवरुद्ध बनेको हो ।

शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको शैलुङ कन्स्ट्रक्सनले जिम्मा पाएको उक्त राजमार्ग वर्षौँदेखि नबन्दा सोही मार्ग हुँदै आवतजावत गर्ने व्यापारी, व्यवसायी र स्थानीयले सास्ती खेप्दै आएका थिए । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडक पार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई पहिराेले झन् सास्ती दिएको छ ।