मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Tuesday, 01 September, 2026
२o७९ श्रावण ३ मंगलबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १८:३५:oo

बर्दियामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। गुलरिया नगरपालिका–१२ बस्ने करिब ४० वर्षीय श्रीराम चमारलाई ६ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

गत चैत्र १५ गते घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। फरार रहेका चमारलाई खोजतलास गरी पक्राउ साउन २ गते पक्राउ गरेको प्रहरीले जनाएको छ। 

त्यसैगरी, गत असार ३२ गते दिउँसो ४ बजे मधुवन नगरपालिका –६ बस्ने २६ वर्षीय मानबहादुर रजालीले ७ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरिरहेको अवस्थामा बालिकाको आफन्तले देखेर स्थानीय र प्रहरीलाई खबर गरेपछि रजाली पक्राउ परेका हुन्।