१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ३ मंगलबार १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीबाट हट्दा पनि हाँसेरै हट्ने मेटमणि चौधरीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १७:४४:oo

सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन्। मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने वेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताएका हुन्।

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएकी थिइन्। त्यसको जवाफ दिने क्रममा उनले जाने वेलामा आफू अझ बढी हाँसेर जाने बताए। मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रस्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझाबलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले भने, ‘माननीयजीहरूले शुभकामना दिने वेलामा धेरै महत्वपूर्ण सुझावहरू दिनुभएको छ। आउँदा खुसी भएर आउने, जाने वेला रुने कुरा पनि भन्नुभएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैँभरि रहिरहँदिनँ। त्यसैले म जाँदाखेरी जसरी हाँसेर आएको छु, जाँदाखेरी योभन्दा बढी हाँसेर जान्छु।’