१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३ मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गर्छौँ : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १३:४o:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गरिने बताएका छन्। मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि मन्त्री राईले यस्तो बताएका हुन्।

उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने जानकारी दिए। प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि गण्डकी र लुम्बिनीमा दुई तथा अन्य प्रदेशमा एक–एक स्थानमा स्मार्ट लाइसेन्स छपाइको व्यवस्था गरिने प्रस्ट पारे। प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गरिने बताए।

‘स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ। त्यो लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिकलाई उपलब्ध गराउने कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान्छौँ। जरिवानालगायत अन्य अनलाइनबाट नै हुने व्यवस्था गर्दै छौंँ। इम्बोस्ड नम्बर प्लेटको एक–दुई दिनमा नै सुखद समाचार सुन्न पाउनुहुनेछ,’ उनले भने।

ad
ad
ad
ad