१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Monday, 01 July, 2024
दीपक भट्ट रामेछाप
२o७९ श्रावण ३ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

रामेछापमा लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १३:oo:oo

रामेछापको खाँडादेवी गाउँपालिका– ३ सित्खामा निर्माण सम्पन्न भएको लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। भिरपानीको सित्खा क्षेत्रलाई लहरेआँपको पकेट क्षेत्रको रूपमा विस्तार गर्न स्थानीय कृषक लागिपरेपछि कृषि ज्ञान केन्द्र, खाँडादेवी गाउँपालिका र केही साझेदार संस्थाको सहयोगमा लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो।

सञ्चालक राजेश कार्कीका अनुसार कुल ३० लाख रुपैयाँ लगानीमा प्रशोधन केन्द्र सञ्चालनमा आएको हो। केन्द्र निर्माणका लागि निमार्णका लागि कृषि ज्ञान केन्द्रबाट सात लाख ५० हजार, खाँडादेवी गाउँपालिकाबाट सात लाख ५० हजार र साझेदार संस्थाहरूबाट सात लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको कार्कीले जानकारी दिए।

अहिले यस क्षेत्रमा १३ सय रोपनी क्षेत्रफलमा लहरेआँपको व्यावसायिक खेती हुँदै आएको छ। यसलाई आगामी वर्षबाट दोब्बर क्षेत्रफलमा विस्तार गर्ने गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको कृषक सम्मर माझीले बताए। उनले भने, ‘लहरेआँपको जुसको माग बजारमा धेरै छ। मागअनुसार उत्पादन गर्न सकेका छैनौँ ।’ पहिले कृषकले उत्पादन गरेको लहरेआँप बजार अभावका कारण त्यसै फाल्नुपरेपछि खेती गर्न छाडेका किसान पनि अहिले भने अन्य खेती छाडेर लहरेआँपको खेतीमा फर्केका छन्।

ad
ad
ad
ad