मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Tuesday, 17 December, 2024
काठमाडौं महानगरपालिकाले खरिद गरेका दमकलअगाडि महानगरप्रमुख बालेन शाह । तस्बिर : शाहकाे फेसबुक
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३ मंगलबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले ल्यायो तीन नयाँ दमकल

दमकलहरूको उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ : महानगरप्रमुख शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १२:५१:oo

काठमाडौं महानगरपालिकाले तीनवटा दमकल खरिद गरेको छ । महानगर प्रमुख बालेन्द्र साहले मंगलबार सामाजिक सञ्जालमार्फत महानगरमा तीन नयाँ दमकल आइपुगेको जनाएका हुन् । साहका अनुसार तीनवटै दमकल यसअघिका प्रमुख विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएका हुन् । 
‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ,’ हालका महानगरप्रमुख साहले लेखेका छन्, ‘सोहीअनुरूप पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत तीन दमकलहरू महानगरमा आइपुगेका छन् ।’

 

 


साहले दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको जनाएका छन् । ‘तर, सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो,’ महानगरवासीलाई उनको आग्रह छ, ‘आगोको विषयमा कहिल्यै पनि हेलचेक्याइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।’

उनले जहाँसुकै र जहिल्यै पनि आगोको प्रयोगमा असाध्यै सावधानीको आवश्यकता हुने भन्दै भनेका छन्, ‘काठमाडौंजस्ता क्षेत्रहरू, जहाँ आफ्नै संरचनागत खराबीहरूले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सीमितता छ, त्यस्ता क्षेत्रहरूमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनैपर्छ ।’