मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १ आइतबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिर्गौला बेचबिखनमा संलग्न पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १५:१७:oo

प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा गिरोहका पाँचजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। भारतमा गएर मिर्गौला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरूलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।