मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ३२ शनिबार २o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार कतै सफल, कतै असफल : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार २o:४१:oo

नेपाली  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार केही विषयमा सफल भए पनि केही महत्वपूर्ण  विषयमा असफल  भएको  बताएका छन् । शनिबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले वर्तमान सरकार कोरोना भाइरसविरुद्धको खोप अभियान, एमसिसी तथा स्थानीय चुनावलगायतका  विषयमा सफल भएको धारणा राखे । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको तर त्यसलाई यो सरकारले एक वर्ष बित्दासमेत सुधार नगरिएको भन्दै महामन्त्री शर्माले सरकारको आलोचना गरे । त्यसैगरी, सुशासनको विषयमा सरकार खरो उत्रन नसकेको तथा संघ र प्रदेशबीच पर्याप्त समन्वय हुन नसकेको उनले बताए । ‘केही महत्वपूर्ण सन्दर्भमा सरकार असफल देखिएको छ । केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो । सरकार गठनको एक वर्ष पुग्दा पनि त्यसलाई सुधारिएको छैन । सुशासनको कतिपय प्रश्नमा सरकार खरो उत्रन नसकेको स्थिति छ,’ संघ सरकार र प्रदेश सरकारबीच पर्याप्त समन्वय  हुन सकेको देखिँदैन ।’

महामन्त्री शर्माले केन्द्रीय समितिले १६५ संघीय क्षेत्र, प्रदेश कार्यसमितिले ३३० प्रदेश क्षेत्र, जिल्ला समितिले ७५३ एवं संघीय क्षेत्रले ६७४३ वडामा प्रतिनिधि पठाएर नीति अधिवेशन अघि या लगत्तैपछि रास्ट्रव्यापी रूपमा अभियान चलाउनुपर्ने धारणा राखे । 

१६५ मध्ये १५ जति तथा ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ ‘प्राइमरी इलेक्सन’ गर्नेबारे छलफल प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो । ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरुभन्दा एककदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ उनले भने ।