चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ ।शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्ना परिवारका सदस्यहरुसँग पिकनिक खान नुनथर आएका २० वर्षीय पारश यादव नदीमा डुबेर बेपत्ता भएका थिए ।
उनको शव बागमती सिंचाई आयोजनाको व्यारेजमा अडकेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए । उनको शव निकाल्ने प्रयास भइरहेको दाहालको भनाइ छ ।
उनका अनुसार बुबा आमासहित पिकनिक खान आएका यादवसहित अन्य दुई जना पौडी खेल्न साँझ साँढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए । तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडिएर बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ।