१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी कोषले बढायो ब्याजदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o९:o६:oo

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । 

त्यस्तै, सवारीसाधन कर्जा र सरल कर्जामा १० दशमलव ५० प्रतिशत आवास कर्जा र शैक्षिक कर्जामा १० प्रतिशत बनाएको छ । नागरिक एकांक योजनामा ९ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा सात दशमलव ५ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय भएको कोषले जनाएको छ ।   

बिमातर्फका सबै कार्यक्रमहरूमा वार्षिक सात दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बिमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयका शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्य गर्दै आएको छ ।

ad
ad
ad
ad