मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार o७:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिस्ट ‘ए’मा रोहितको  हजार रन पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o७:४३:oo

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहितकुमार पौडेलले लिस्ट ‘ए’ क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । नेपाली टोलीबाट लिस्ट ‘ए’मा हजार रन पूरा गर्ने उनी तेस्रो नेपाली खेलाडी हुन् । रोहितअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्र लिस्ट ‘ए’मा हजार रनको कोसेढुंगा पार गरेका थिए । लिस्ट ‘ए’मा पारसले एक हजार चार सय ९७ र ज्ञानेन्द्रले एक हजार चार सय ६ रन बनाएका छन् ।

रोहितले यो उपलब्धि आइसिस विश्वकप लिग–२ मा प्राप्त गरेका हुन् । आइसिसी क्रिकेट विश्वकप लिग टूअन्तर्गत स्कटल्यान्डविरुद्धको १३ रन जोडेपछि रोहितले लिस्ट ‘ए’मा एक हजार रन पूरा गरे । सो खेलमा रोहितले ३१ बलमा ३४ रनको योगदान दिएका थिए । नेपाली एकदिवसीय तथा टी–२० खेलमा स्कटल्यान्डमाथि ऐतिहासिक रूपमा पाँच विकेटको पहिलो जित निकाल्दा रोहितको योगदान पनि महत्वपूर्ण रह्यो । रोहितले समग्रमा लिस्ट ‘ए’मा ३८ खेलबाट एक हजार २१ रन बनाएका छन् ।

लिस्ट ‘ए’मा रोहितले एक सय २६ रनको व्यक्तिगत प्रदर्शन राखेका छन् । उनले एक हजार चार सय ३७ बलको सामना गर्दा ३४.०४ को औसतमा ब्याटिङ गरेका छन् । रोहितले लिस्ट ‘ए’मा एक शतक तथा पाँच अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले ६९ चौका र १३ छक्का प्रहार गरेका छन् ।  रोहितले आइसिसी विश्वकप लिग–२ मै नामिबियाविरुद्ध सन् २०१८ मा लिस्ट ‘ए’मा डेब्यु गरेका थिए । आफ्नो डेब्यु लिस्ट ‘ए’को खेलमा रोहितले आठौँ क्रममा ब्याटिङ गर्दै ६० बलको सामना गरी १७ रन जोडेका थिए । उनले नामिबियाविरुद्ध २८.३३ को स्ट्राइकमा ब्याटिङ गर्दा दुई चौका प्रहार गरेका थिए । 

नामिबियाको सामना गर्दै नेपाल

नेपालले शनिबार नामिबियाको सामना गर्दै छ । स्कटल्यान्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नामिबियाविरुद्ध ब्याटिङमा एकनासको प्रदर्शन गर्न नसक्दा मध्यम योगफलसमेत पछ्याउन सकेन । 

नेपाल र नामिबियाबीच एक अंक मात्र फरक छ । नेपाल १७ अंकका साथ पाँचौँ र नामिबियाले १६ अंक बटुल्दै छैटौँ स्थान रक्षा गरेको छ । नेपालको तुलनामा नामिबियाले एक खेल कम खेलेको छ । आज हुने खेलमा नामिबिया विजयी हुँदा पाँचौँ स्थानमा नेपाललाई विस्थापित गर्नेछ । नेपालले सफलता चुम्दा चौथो स्थानमा रहेको अमेरिकासँग अंक दूरी घटाउनेछ । 

सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अंकतालिकाको आयोजक स्टकल्यान्डमाथि पाँच विकेटको सानदार जित दर्ता गरेको थियो । नेपालले पहिलोपटक आइसिसीले आयोजना गरेको क्रिकेट प्रतियोगितामा स्कटल्यान्डलाई पराजित गरेको हो । यसअघि नेपाल स्कटल्यान्डसँग एकदिवसीय तथा टी–२० खेलमा पराजित हुँदै आइरहेको थियो । 

बुधबार नेपालले बलियो दाबेदार स्कटल्यान्डमाथि बलिङमा धारिलो प्रदर्शन गरेको थियो । आइसिसी विश्वकप लिग–२ मा पहिलोपटक स्कटल्यान्डले कमजोर ब्याटिङ गरेको नै नेपालविरुद्ध हो । स्कटल्यान्डसँगको खेलबाट युवा नेपाली खेलाडी उत्साहित छन् । बलिङ पक्षमा एकैनासको खेल देखाइरहेका नेपाली बलरले नामिबियाविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ । 

ब्याटिङमा समेत सुधारिएको प्रदर्शन नेपाली ब्याट्सम्यानले गरेका छन् । अघिल्लो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि धैर्यतापूर्वक ब्याटिङ गरेका थिए । सेखले पाँचौँ एकदिवसीय अर्धशतकीय इनिङ्स खेल्दै आफूलाई फर्ममा आएको आभास गराएका छन् । मध्यक्रमका ब्याट्सम्यान रोहितले पनि स्कटल्यान्डविरुद्ध गतिलो प्रदर्शन गरेका थिए । 

ओपनर तथा मध्यक्रमको ब्याटिङ चल्दा नेपालले नामिबियामाथि दबाब राख्न सक्छ । नामिबियाले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई नतिजा सुम्पिएको थियो । नामिबिया पनि नेपालमाथि जित निकाली पाँचौँ स्थानमा उक्लने योजनाका साथ खेल्नेछ । शृंखलामा नेपालले १८ खेल पूरा गरेको छ । नेपालले स्कटल्यान्डको भ्रमणपछि थप चारवटा शृंखला खेल्न बाँकी छ ।