१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o७९ असार ३१ शुक्रबार o७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर ताप्लेजुङमा एकजनाको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार o७:४१:oo

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मेरिङदेन गाउँपालिका– २ सान्थाक्रा मैखुका १५ वर्षीय लाकुमार शेर्पाको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर हाङगामले बताए ।

स्थानीय सूर्यदेवी माविमा कक्षा ९ मा अध्ययनरत शेर्पाकाे घरमा बसिरहेको वेला वर्षासहितको चट्याङ लागेर मृत्यु भएको हो । अध्यक्ष हाङगामका अनुसार घाइते हुनेमा निमलामु शेर्पा र नितेम्बा शेर्पा रहेका छन् । 

उनीहरूको सान्थाक्रा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते एकजनाको कानमा चोट लागेको छ भने एकजनाको नाकबाट रगत आएको देखिएको छ । तर, उनीको अवस्था सामान्य छ । मृत्यु हुने लाकुमार शेर्पाको भने कतै चोटपटक देखिँदैन । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।