१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविमा प्रश्नपत्र हुबहु  प्रकरण संसदीय समितिसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:२३:००

त्रिभुवन विश्वविद्यालयका डिन कार्यालयले सञ्चालन गर्ने परीक्षा विवादमा पर्ने गरेको छ । केही दिनअघि मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयको विवाद सेलाउन नपाउँदै व्यवस्थापन संकायको डिन कार्यालयबाट समेत निजी कलेजमा सोधिएका प्रश्न बोर्ड परीक्षामा हुबहु राखिएपछि विवाद चुलिएको छ । यो विवाद अहिले संसदीय समितिमा पुगेको छ । 

२२ असारमा सञ्चालन भएको बिबिए छैटौँ सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डमा सोधिएको प्रश्नको हुबहु भएको पाइएको छ । केन्द्रीय विभागमा पढाउने शिक्षकले मोर्डन नेपालमा पनि पढाउने गरेको र त्यही प्रश्न डिन कार्यालयमा बुझाएको पाइएको छ । 

त्यसैगरी, शंकरदेव क्याम्पसमा प्रि–बोर्डमा सोधिएको नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्र २५ असारमा सञ्चालित बोर्ड परीक्षामा हुबहु सोधिएको थियो । त्रिविको चरम लापरवाहीका कारण विद्यार्थीले सास्ती पाएको भन्दै विद्यार्थी संगठनहरूसमेत आक्रोशित भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्नेमाथि थप कारबाही गर्ने र अबदेखि यस्ता घटना हुन दिन नहुने बताए । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताएका थिए । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका पौडेलले देशको करिब ८० प्रतिशत भार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । 

अर्थशास्त्र विभागले १८ जेठमा सञ्चालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । त्रिवि व्यवस्थापन संकायको परीक्षा समितिले दुई शिक्षकलाई कारबाही गरेको थियो । समितिको निर्णयलाई त्रिवि कार्यकारी परिषद्ले समेत अनुमोदन गरेको छ ।