१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १६ शुक्रबार २१:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविले स्नातक तहको परीक्षामा अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार २१:११:oo

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने भएको छ। 
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र दुवै भाषामा बनाउने निर्णय गरेको हो। 

स्नातक तह संकायतर्फ आउँदो पहिलो वर्षको परीक्षाबाट यस्तो व्यवस्था लागू हुने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा पनि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गरिने त्रिविले शुक्रबार एक सूचनामार्फत जनाएको छ।

यसअघि प्रश्नपत्र अंग्रेजी भाषामा मात्र बनाउने गरिएको थियो। तर, अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउनुपर्ने माग हुँदै आएको थियो ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति ०८० साल चैत १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’