१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतबाट ल्याउँदै गरेको अवैध कपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o४:oo

इलाका प्रहरी कार्यालय हिरमिनियाले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । भन्सार छली अवैध बाटोबाट ल्याउँदै गरेको दुई लाख १७ हजार एक सय मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको हाे । 

उक्त कपडा नेपालगन्ज उपमहानगरपालिका १४ भाटनपुर्वाबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। 

बरामद गरिएकाे कपडामा १९६ थान लेडिज कुर्तासरवाल, १९ थान कोटपाइन्टको कपडा र २१ थान सल रहेको छ । बेवारिसे अवस्थामा फेला परेको कपडा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ । 

ad
ad