मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शशिधर भण्डारी
२०७९ असार २९ बुधबार २१:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्युठानका दुई पालिकामा शून्य बेरूजु

Read Time : < 1 मिनेट
शशिधर भण्डारी
२०७९ असार २९ बुधबार २१:१७:००

प्युठानका दुई पालिकाको बेरुजु शून्य देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालिकाको बेरुजु शून्य प्रतिशतमा झरेको पाइएको हो ।

मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा बेरुजु रकम नभएको प्रतिवेदनमा उल्लेख छ । प्युठानमा सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २.४६ प्रतिशत, ऐरावती गाउँपालिकामा २.१८, माण्डवी गाउँपालिका ०.२०, गौमुखी गाउँपालिकामा ०.१४, झिमरुक गाउँपालिकामा ०.१३, प्युठान नगरपालिकामा ०.०८ र नौबहिनी गाउँपालिकामा ०.०३ प्रतिशत बेरूजु रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

‘विधिसम्वत् कार्यसम्पादन गर्दा बेरुजु शून्य’
गाउँकार्यपालिकाको कार्यालयबाट गर्ने कार्यसम्पादनहरू विधिवत ढंगले गर्दा बेरुजु शून्य भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले अनुभव सुनाए । सार्वजनिक खरिद ऐन, नियमावली तथा कार्यविधिहरूको सही कार्यान्वयन गर्ने प्रयास गर्दा बेरुजु शून्य भएको परिणाम आएको थापाको भनाइ छ ।