१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २९ बुधबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नागरिकता विधेयकले संसद्को अपमान गरेको एमाले उपमहासचिव ज्ञवालीको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार २o:५२:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरूप लिन सम्भव नभएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदीय समितिको ३ वर्षको प्रयासलाई खारेज गरेर नयाँ विधेयक शून्यबाट सुरु गर्नुले संसद्प्रतिको अपमान भएको बताए । 

नेपाली पुरुषसँग विवाह गरी आउने महिलाको हकमा नागरिकता दिने विषयमा राज्य व्यवस्था समितिमा सहमतिको बिन्दुमा पुग्न लागेको भन्दै सो विषयलाई अस्वीकार गरेर विधेयक ल्याएकाले आफूहरूको असहमति रहेको उनको भनाइ छ । 

‘राज्य व्यवस्था समितिमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाहरूको हकमा नागरिकता दिनका निम्ति केही समय पर्खिने तर उहाँहरू यहाँ विवाह भएर आइसकेपछि सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारहरू सम्पूर्ण रूपले पूरा गर्न पाउने । उहाँहरूले जागिर खान पाउने, बैंक खाता खोल्न पाउने, व्यवसाय गर्न पाउने तर चुन्ने र चुनिने अधिकारको निम्ति केही समय पर्खिनुपर्ने भन्ने ढंगले राज्य व्यवस्था समितिमा झन्डै सहमतिको बिन्दुमा पुगेको थियो,’ ज्ञवालीले भने, ‘त्यो विषयलाई उहाँहरूले अस्वीकार गरेर ल्याउनुभएको छ । त्यसमा हाम्रो असहमतिहरू छन् ।’

ad
ad
ad
ad