Skip This
ट्राफिक प्रहरी मिरर ०२४ प्रकाशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

ट्राफिक प्रहरी मिरर ०२४ प्रकाशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:१५:oo

ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासलाई समेटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक प्रहरी मिरर ०२४’ प्रकाशन गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मिररको बुधबार विमोचन गरेका हुन् । 

कार्यक्रममा महानिरीक्षक कुँवरले मिरर प्रकाशन प्रशंसनीय काम भएको र बढ्दो सहरीकरण र सवारी साधनको वृद्धिसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका काम देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्ने बताए । 

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पहिलोपटक लिखित दस्ताबेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई समेटेको बताए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक पुलिसको इतिहासदेखि वर्तमान गतिविधि मिररमा प्रस्ट पारिएको उल्लेख गरे । ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सीप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको उनको भनाइ छ । 

ad
ad
ad
ad