Skip This
प्रवासीको देश हुन्न लिएर आए पञ्चम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य प्रिन्ट संस्करण

प्रवासीको देश हुन्न लिएर आए पञ्चम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:२१:oo

आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासंग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् ।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पञ्चमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने, तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए । त्यसैगरी, समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तरआधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद, जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

ad
ad
ad
ad