१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Thursday, 27 June, 2024
२o७९ असार २८ मंगलबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भन्सार छली ल्याएका ५४ लाखबराबरको अवैध सामान बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार ११:o५:oo

पूर्वी नवलपरासीमा अवैध रूपमा भन्सार छली गरी ल्याएका ५४ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार प्रहरीले बिनाबिलकाे चिनी र जेन्स सर्ट गरी ५४ लाख ३६ हजार ६ सय रुपैयाँबराबरको सामान बरामद गरेको हो । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.२ख ६३७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिनाबिलको एक हजार नौ सय १७ पिस जेन्स सर्ट र चार सय १८ बोरा चिनीसहित ट्रकलाई निन्त्रणमा लिएको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय रुपन्देही पठाइएको एसपी महर्जनले बताए । 
 

ad
ad
ad
ad