१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७९ असार २८ मंगलबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

बाग्लुङमा दुईजनामा भेटियो डेंगु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार o९:५७:oo

बाग्लुङमा दुईजना डेंगुका बिरामी फेला परेका छन् । शनिबार र आइतबार धौलागिरि अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए । 

संक्रमित दुईजना बाग्लुङ नगरपालिका–७ र वडा नं. ९ तित्याङका हुन् । दुवैलाई अस्पतालमा भर्ना गरी उपचार गरिरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको पोखरेलले बताए । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका बिरामी विशेष गरी तराईमा पाइने गरे पनि अहिले पहाडसम्म विस्तार भएको छ । 

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडिच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने पोखरेलले बताए । डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाग्लुङ र बाग्लुङ नगरपालिकाले छिटै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले बताए । उनका अनुसार बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा संक्रमितका घरपरिवारलाई पनि यसको परीक्षण गरिनेछ । 

‘जिल्लामै दुईजनामा एकैसाथ देखिनु सामान्य हैन,’ घिमिरेले भने, ‘यसको नियन्त्रणका लागि सबै सरोकारवालाहरूले चासो देखाउनुपर्दछ । संक्रमित बिरामीहरू अस्पतालमा रहेकाले पहिले अस्पतालवरिपरिको सरसफाइलाई ध्यान दिऊँ । अस्पतालमा रहेका बिरामीहरू लामखुट्टेको टोकाइबाट कसरी जोगिने त्यो सोचौँ ।’

ad
ad
ad
ad