१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नयाँ कलाकारसँग टुबोर्ग ओपनको सांगीतिक सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo

सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गबीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारले डेरुलोसँग सांगीतिक सहकार्य गर्न पाउने भएका छन् । छैटौँ टुबोर्ग ओपन अभियानका अवसरमा कलाकारसँग सांगीतिक कार्यक्रम हुन लागेको हो । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकका लागि अद्वितीय अनुभव सिर्जना गर्दै आइरहेको छ ।

नयाँ कलाकारका लागि सो सुवर्ण अवसर अमेरिकाको लस एन्जलसमा भएको थियो । जहाँ हस्ताक्षर नगरिएका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरे । त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलमध्ये एक मानिएको द विल्टर्न थिएटरमा जेसन डेरुलोसामु प्रस्तुति दिने मौका पाए ।

सांगीतिक कार्यक्रमपछि डेरुलोले भने, ‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्लेबुक छैन, त्यसैले यदि एक संगीतकार बन्न चाहनुहुन्छ भने तपाईं लगभग आफ्नै भरमा हुनुहुन्छ ।’ डेरुलोले अभियानबारे भनेका छन्, ‘म प्रतिभाशाली कलाकारको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु ।’

टुबोर्ग ओपन प्रोजेक्टमा भेक नेपाल, डी म्याक भारत, हाल्को टर्की, इभा लोरेन्स सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकार सहभागी छन् । यी कलाकारले आउँदो महिनामा टुबोर्गमार्फत सहयोग प्राप्त गरी जेसनसामु प्रदर्शन गरेका ट्र्याकको उत्पादन र विकास गर्नेछन् । भेक नेपालले भने, ‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतबारे कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो, उनले गीत लेखन र मेरो प्रदर्शनबारे सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु ।’ गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको बताए ।

ad
ad