१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Wednesday, 26 June, 2024
सोनी राई साेलुखुम्बु
२o७९ असार २७ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमानको हत्या आरोपमा श्रीमतीसँगै छिमेकी पक्राउ

Read Time : < 1 मिनेट
सोनी राई, साेलुखुम्बु
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १९:o६:oo

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– ५, जैदुमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । ५९ वर्षीय सुब्बा कामीको हत्या आरोपमा श्रीमती र एक छिमेकी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहका अनुसार ५५ वर्षीया श्रीमती बुदामाया विक र छिमेकी ५३ वर्षीय ङिमा तामाङलाई पक्राउ गरिएको हो । मादक पदार्थ सेवन गरेका विक दम्पतीबीच शनिबार साँझ घरायसी विवाद भएको थियो । 

आइतबार बिहान सुतेकै ठाउँमा सुब्बा कामीलाई मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती बुदामायालाई घरबाटै पक्राउ गरेको हो । सुब्बालाई टाउको, निधार र बायाँ खुट्टामा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 
उनको हत्या गर्न चक्कु, चिरपट र दाउराको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । घटनालगत्तै फरार रहेका छिमेकी ङिमा तामाङलाई लुकिछिपी बसेको अवस्थामा फाप्लुबाट आइतबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

ad
ad
ad
ad