१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २७ सोमबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से ७७ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १६:o९:oo

सोमबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। नेप्से ७७.०१ अंकले घटेर एक हजार नाै सय १५.६१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १३.०३, फ्लोट इन्डेक्स ५.५६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०९ अंकले घटेको छ।

सोमबार २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। आज नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा सबैभन्दा बढी व्यापार उपसमूहको परिसूचक ५.७८ प्रतिशतले घटेको छ।

त्यस्तै, फाइनान्स उपसमूहको परिसूचक ५.७३ तथा जलविद्युत् उपसमूहको परिसूचक ५.१९ प्रतिशतले गिरावट आएको छ। अन्य उपसमूहको सेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ। सोमबार कारोबारमा आएको ग्रामीण विकास लद्युवित्त वित्तीय संस्थाको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

ad
ad
ad
ad