मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २५ शनिबार १७:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केरुङे खोलामा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असार २५ शनिबार १७:४६:००

पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका- ५ मा केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती- ५ निवासी नवलसिंह झेडीको मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए। बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएको भए पनि अस्पताल पुगेको केही बेरमै स्वास्थ्यकर्मीले बालकको मृत्यु भएको घोषणा गरेका थिए ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलचालक गम्भीर

त्यसैगरी, कावासोतीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक गम्भीर घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती- ८ मा अनटेस्ट ट्याक्टरले बा ७० प ९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलचालक सल्यानका २० वर्षीय एकराज बस्नेत गम्भीर घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।