१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Wednesday, 26 June, 2024
२o७९ असार २५ शनिबार o९:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार o९:४o:oo

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको काम पुनः सुरु भएको हो ।

अन्तिम अन्वेषणका लागि चीनको विज्ञ टोली दैलेख आइपुगेको छ । दैलेखको कुन भूभागमा पेट्रोलियम पदार्थ छ  र कति मात्रामा छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि सर्वे गर्न टोली दैलेख आएको हो । 

नेपाली प्राविधिक र चिनिया प्राविधिक टोलीले दैलेखका सम्भावित भूभागको पुनः सर्वेक्षण गरिरहेको छ । खानी तथा भूगर्भ विभागका टोली र चीनको प्राविधिक टोलीले अहिले अन्वेषणका लागि दैलेख सदरमुकामसम्म ल्याउने सामग्रीहरू ढुवानीका लागि आवश्यक सडकको मापदण्डलगायतका विषयहरूमा पनि अध्ययन र अवलोकन गरेको छ । विभागको पेट्रोलियम अन्वेषण शाखाका प्राविधिक पनि दैलेख आइपुगेका छन् । 

अन्तिम सर्वेक्षणका लागि पुनः क्याम्प खडा गर्नुपर्ने हुन्छ, त्यसका लागि खाद्यान्नको जोहो, स्थानको खोजीलगायतका काम सुरु भइसकेको खानी तथा भूगर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

अन्तिम चरणको अन्वेषणले दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खननको सम्भावना टुंग्याउने भएको छ । कति मात्रामा भण्डारण छ भन्ने विषय पनि अन्वेषणबाट पत्ता लगाउने भएको हो ।

पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुन सक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आएको खानी तथा भूगर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । 

‘अन्तिम अन्वेषणस्थल ठूला सवारीसाधन लिनुपर्ने हुन्छ, करिब ५० टन क्षमताका सवारी साधन आवतजावत गर्नका लागि सडकको चौडाइको अवस्था समस्या हुन सक्ने भएकाले पनि सडकको अवस्था अध्ययनका काम पनि भइरहेका छन्, उनले भने । 

मुलुकमा चरम संकटको रूपमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको दैलेखकै भूभागमा पेट्रोलियम पदार्थ हुन सक्नेमा नेपाली र चिनिया टोली ढुक्क देखिएका छन् ।

दैलेखकै खोलामा सदियौँदेखि पानीमाथि पेट्रोलियम पदार्थ बगिरहेको छ, लगातार बलिरहेको ज्वाला निभेको छैन, भण्डारण मात्रै भएको भए भण्डार सकिनुपर्ने थियो, दैलेखमा उत्पादन सहितको भण्डार रहेको छ, एक अधिकारीले भने, चिनियाँ टोली पनि ढुक्क छ, नेपाली टोली पनि ढुक्क छ, यो नेपालको आर्थिक संकट सुधारको महत्त्वपूर्ण पाटो हुन सक्छ, । 

दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले भने ‘हामीले सुरुवातीमै भनेका थियौँ, अब दैलेखबाट रक्सौल ट्यांकर पटाउँछौँ अब यो कुरा पूरा हुन थालेको छ, ।

वर्तमान अध्यक्ष कुलबहादुर विक ले नेपालमा संकट परेका वेलामा नेपालको अर्थतन्त्रमा सहयोग गर्ने काम दैलेखबाट सुरु हुने दिन नजिकिँदै आएको बताएका छन् । 

दैलेखको नाभी स्थान, श्री स्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण गरिएको छ । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिने भएको छ । दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिकाका, डुंगेश्वर गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुङग्याउने भएको छ ।

०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरिएको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोरिरहेको छ । दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु हुने विभागले जनाएको छ ।

ad
ad
ad
ad