
बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नं १ र १० को १२०० मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले ६२० मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ५१६ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी माया कुँवरले ६१५ मत प्राप्त गर्दा कांग्रेसकी रीता शाहीले ५२८ मत ल्याएकी छिन् । हाल गणना भइरहेका दुईवटै वडाका वडाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन् ।