मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २४ शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेशपछि नियमित काममा फर्किए वायुसेवा निगमका अध्यक्ष अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १६:o९:oo

सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् । सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई गत ६ असारमा निलम्बन गरेको थियो । यसविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले उनको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अधिकारीलाई काममा फर्कन बाटो खोलिदिएको थियो। यससँगै शुक्रबार उनी नियमित काममा फर्किएकोे निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। अध्यक्ष अधिकारीले कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गर्दै आफू निगमको प्रगतिमा सक्रिय रहने दृढता व्यक्त गरेका छन् ।