यतिवेला धार्चे गाउँपालिका– ४ लाप्राकका लेकका खर्कहरूमा रमझम बढेको छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्कलगायतका लेकका खर्कहरूमा वर्षदिनपछि गोठहरू भरिभराउ भए । नजिकै बौद्ध हिमाल, रुप्से ताल, मनै लोभ्याउने हरियाली वनजंगलमा गोठ लिएर गोठाला पुगेपछि रौनक झनै बढेको छ ।
वर्षदिनपछि लेकमा गोठ लैजान पाउँदा गोठालाहरू रमाइरहेका छन् । वर्षमा एकपटक मात्र लेकमा गोठ लैजाने परम्परा छ । यहाँ हरेक वर्ष गोठ समितिले निर्णय गरेपछि मात्र असारको अन्तिम साता लेकमा गोठ लैजाने परम्परा छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्कलगायत खर्कका केही तस्बिर :