१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २३ बिहीबार १o:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एकदिवसीय क्रिकेट :  नेपाल क्यानडासँग ८३ रनले पराजित  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १o:१५:oo

नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङसिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि एक सय ८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो ।  

नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे । यसैगरी, विनोद भण्डारी, बसिर अहमेद र आदिल आलमले समान १३ रन जोडे । कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले पाँच तथा कुशल भुर्तेलले एक रन जाडे भने दीपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए।    

बलिङतर्फ क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान दुई–दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा नाै विकेट गुमाएर एक सय ८८ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए । यसैगरी, उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमले समान एक–एक विकेट लिए ।  

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा गएको हो । क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । आइसिसी विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । अब नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्नेछ । नेपालले स्कटल्यान्डमा लिग– २ अन्तर्गत आयोजक स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ ।