मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २० सोमबार १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्रीले अर्थमन्त्रीमाथि छानबिन गरेनन् : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १५:५७:oo

एमालेका अध्यक्ष केपी ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरेर तथ्य बाहिर ल्याउन माग गरेका हुन्।

प्रधानमन्त्री देउवा देशलाई बर्बाद पारेर गठबन्धन मात्रै जोगाउन लागिपरेको उनको आरोप छ। बिचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ नभएको भन्दै उनले यस्ता गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको आरोप लगाए।

‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन हुनुपर्छ। यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ। त्यसको प्रतिवेदन सम्मानित सदनमा आउनुपर्छ। एउटा मन्त्रीले यस्तो गर्दा पनि प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाए मात्रै पुग्छ, देश बर्बाद होस् जहाँसुकै पुगोस् ? गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्नुभएको छ,’ उनले भने।

ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थमन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गरेका थिए।