जनता समाजवादी पार्टी जसपाले तीनजना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वनमन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
जसपाले तीनजना नयाँ मन्त्रीको रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्द इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको छ ।