मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २० सोमबार o८:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरल र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार o८:o३:oo

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । कम्पनी र क्लिनिकबीच आइएमई जनरलका सरोकारवालालाई छुट दिने सम्झौता भएको हो । 

सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौंमा रहेको क्लिनिकमा प्राप्त हुने एक्सरे, युएसजी, इसिजी, इकोलगायतका सेवाहरूमा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त हुने हुनाले कम्पनीले जनाएको छ ।

सम्झौतामा हस्ताक्षरपछि इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।