१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Thursday, 03 July, 2025
२o७९ असार १९ आइतबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योग वाणिज्य संघ लहानमा शारदा प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o९:३३:oo

उद्योग वाणिज्य संघ लहानमा विकासकुमार शारदा प्यानलै विजयी भएको छ ।

सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शारदाले एक हजार पाँच २७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पशुपति साहले एक हजार तीन सय एम मत पाएका छन् । दुई सय २६ मतान्तरले शारदा विजयी भएका हुन् ।

त्यसैगरी, शारदा प्यानलकै प्रथम उपाध्यक्षमा शत्रुधनप्रसाद चौधरी एक हजार पाँच सय ७१, द्वितीय उपाध्यक्षमा रामभजन परियार एक हजार पाँच सय ८०, महासचिवमा श्याम गुप्ता एक हजार चार सय ८९, कोषाध्यक्षमा रामउदगार महतो एक हजार पाँच सय ८५, सचिवमा प्रदीपकुमार गुप्ता एक हजार पाँच सय ५९ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ एक हजार पाँच सय ३१, महिला सदस्य खुश्वु जयसवाल एक हजार पाँच सय ८७, रितादेवी यादव एक हजार पाँच सय ६७, मखवुल आलम एक हजार पाँच सय १६, मनोजकुमार साह एक हजार ६ सय २६, बद्रीनारायण चौधरी एक हजार पाँच सय ६३, वैधनाथ साह सुडी एक हजार पाँच सय ५३, अमरनाथ साह तेली एक हजार पाँच सय ६१, मनोजकुमार महतो एक हजार ६ सय चार मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले बताएका छन् ।