मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १८ शनिबार ००:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

देउवा, प्रचण्ड र नेपाल शनिबार निजगढ जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार ००:०२:००

सत्तासाझेदार दलका प्रमुख नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन् । प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन् । 
प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ दिएको छ । त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ । त्यसैले शीर्ष नेता निजगढ जान लागेका हुन् ।