१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १७ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नबिल बैंकका नवनियुक्त सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार ११:१o:oo

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदभार ग्रहण गरेका छन्। ढुंगानाले आज (असार १७ गते शुक्रबार) देखि आफ्नो कार्यभार सम्हालेका हुन्।  असार १६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले यस बैंकको सिइओमा  ढुंगानालाई नियुक्त गरेको थियो। 

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुंगानाले यसभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको सिइओका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए। 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा ‘म्यानेजर टुव वाच’ र सन् २०१५ मा ‘म्यानेजर अफ द इअर’ विधामा पुरस्कृत भएका थिए। कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए। 

ad
ad
ad
ad