१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ असार १७ शुक्रबार o७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो, जन्मकैद पाएका व्यक्तिलाई सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार o७:१२:oo

चन्दननाथ नगरपालिका- २ खोलीकोटका तत्कालीन नयाँ शक्ति पार्टीका नेता राधाकृष्ण बुढ्थापाको मृत्यु सम्बन्धमा आरोपितलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासले सफाइ दिएको छ। तत्कालीन नयाँ शक्ति पार्टीका नेता राधाकृष्ण बुढ्थापाको हत्या घटनाका आरोपित सोही नगरपालिका– ६ का खड्कजित रोकाया र एंगल लामालाई जिल्ला अदालत जुम्लाले ०७७ मंसिर २१ गते जन्मकैदको फैसला सुनाएको थियो । उक्त घटनाको विषयलाई लिएर विशेष अनुसन्धान समिति  पनि गठन गरिएको थियो।

घटनाका आरोपित पक्षले आफूहरू घटनामा संलग्न नरहेको र निर्दोष रहेको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा जाहेरी दिएका थिए । उच्च अदालत सुर्खेत जुम्ला इजलासका सूचना अधिकारी तथा शाखा अधिकृत राकेशमणि उपाध्यायका अनुसार विशेष अनुसन्धान समितिकै प्रतिवेदनका आधारमा जिल्ला अदालतले जन्मकैद ठहर गरेका व्यक्तिलाई निर्दाेष ठहरी गरी ०७९ असार १३ गते सफाइ दिने फैसला गरेको हो । फैसलाको पूर्ण पाठ भने तयार भइसकेको छैन। ‘जिल्ला अदालतले जन्मकैद तोकेका व्यक्तिलाई सफाइ दिनु भनेको उच्च अदालत सुर्खेत जुम्ला इजलासले उन्मुक्ति दिएको हो । यो फैसलाप्रति हाम्रो घोर आपत्ति छ । सरासर गलत गरिएको छ,’ मृतक बुढ्थापाका बुबा रामकृष्ण बुढ्थापाले भने।

राजनीतिक हस्तक्षेप वा आर्थिक प्रलोभनमा जिल्ला अदालतको फैसला उल्टिएको उनको आरोप छ । उनले भने, ‘घटनाका विषयमा तमाम सबुत प्रमाणहरू पेस गरी जिल्ला अदालतले गरेको फैसला उल्टिनु हामीलाई अन्याय भएको छ । यो न्यायचित फैसला होइन । न्यायालयले विश्वास गुमाएको अनुभूति भएको छ । सरकारी वकिलले नै चित्तबुझ्दो फैसला नभएको भन्नुभएको छ । यो सरकारवादी मुद्दा नै भएकाले सरकारी वकिलले नै महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तिम न्याय प्रदान गर्ने निकाय सर्वाेच्च अदालत मुद्दा जानेछ ।’ 

घटनाका आरोपित रोकायाका अनुसार राधाकृष्ण बुढ्थापाको घटना घटिसकेपछि विभिन्न कोणबाट प्रश्न उठे । घटनाका विषयमा दूधको दूध पानीको पानी छुट्याउनुपर्दछ भन्ने उद्देश्यका साथ सत्यतथ्य छानबिन गर्नका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयको आदेशमा विशेष छानबिन समिति गठन भएको थियो ।तत्कालीन नेपाल सरकार गृह मन्त्रालयका सहसचिव गोपालप्रसाद अर्यालको नेतृत्वमा पाँच सदस्यीय छानबिन (अनुसन्धान) समिति गठन भएको हो।

छानबिन समिति गठनपश्चात् ०७५ भदौ २० गते जुम्लामा आएर मृतकका परिवार भेटेर नेपाल सरकारको तर्फबाट सहानुभूति दिएर अनुसन्धान गर्ने विधि प्रक्रिया प्रस्ट पारेर घटनाको सत्थतथ्य छानबिन गर्ने विश्वास दिलाएको थियो । निष्पक्ष अनुसन्धान गर्ने उद्देश्यका साथ जुम्ला आएको अनुसन्धान टोलीले जिल्लाका सरोकारवाला निकाय प्रहरी प्रशासन, राजनीतिक दल, स्थानीय पत्रकारसमेतलाई बुझेको थियो।

सबैले बुझिने, देखिने र स्थलगत अनुगमन–अनुसन्धान गरी भदौ २९ गते जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मृतक राधाकृष्ण बुढ्थापाको मृत्यु दुर्घटनाकै कारणले भएको हो भनेर वैज्ञानिक सत्यतथ्य प्रराम्भिक प्रतिवेदन सार्वजनिक गरेको उनले बताए । चन्दननाथ नगरपालिका– २ खोलीकोटका तत्कालीन नयाँ शक्तिका नेता बुढ्थापा चन्दननाथ नगरपालिका– ५ जुगाड खोलामा ०७५ साउन २१ गते मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले ०७५ साउन २१ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा हत्या गरिएको आरोपमा रोकाया र लामाको नाममा किटानीसहितको उजुरी दिएका थिए । प्रहरीमा उजुरीपश्चात् सोही दिन आरोपित दुवैजना पक्राउ परेका थिए।