मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थानीय तह निर्वाचनकाे समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १७:४५:००

नेपाली कांग्रेसले असार २७ का लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक विषयबारे छलफलका लागि बैठक आह्वान गरेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध विषयमा छलफलको एजेन्डा तय गरिएको छ।