१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ई–भोटिङको व्यवस्था गर्न सरकारलाई आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १६:४८:oo

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ई–भोटिङकाे व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थाका आधारमा विद्युतीय मतदान यन्त्र (इभिएम)को प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाइएको आयोगले विज्ञप्तीमार्फत जनाएको छ।

हाल स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र व्यवस्थापन हुन सक्ने अवस्था नभएमा आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको प्रबन्ध गरिदिन पनि आयाेगले सरकारसँग आग्रह गरेकाे छ।