१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १४ मंगलबार २१:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वामदेव गौतमको प्रश्न : मेरा छोराछोरी, श्रीमती राजनीतिमा आउनुहुँदैन र ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १४ मंगलबार २१:००:००

राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गौतमले आफ्नो पार्टीमा नातेदारहरूलाई राखेको भन्ने आरोपमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारेका हुन् ।  

उनले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । उनले कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताए । उनले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको पनि बताए ।

‘मैले निर्माण गरेको पार्टी, मैले नै सुरु गरेको आन्दोलन धराशायी हुन सक्ने स्थिति देखिन सक्ने भयो । गएको निर्वाचनमा नेकपा एमालेविरुद्ध ५ दलीय गठबन्धन लाग्यो । त्यसको परिणाम तपाईंहरूले देख्नुभएको छ, मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने वेलामा नेपाल चकित हुनेछ । लाखौँ व्यक्तिहरू यो पार्टीको वरपर गोलबन्दी हुनेछन्’, उनले भने, ‘म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो । म जहाँ जहाँ सामेल भएको छु, इमान्दारी र बलिदानी र निःस्वार्थ भावनाका साथ काम गरेको छु । मेरा छोराछोरी, श्रीमतीले राजनीतिमा आउनुहुँदैन र ? यो उनीहरूको स्वतन्त्र अधिकार हो । त्यसैले यस्ता कुरा नगरौँ ।’